काठमाडौं – परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा भारतका विदेश सचिव विक्रम मिस्री नेपालको दुईदिने औपचारिक भ्रमणका लागि काठमाडौं आइपुगेका छन् । मिस्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सचिव लम्सालले स्वागत गरिन् ।
परराष्ट्र मन्त्रालयकाअनुसार दुवै देशका परराष्ट्रसचिवबीच नेपाल–भारत सम्बन्ध र पारस्परिक हितका विविध विषयका साथै आपसी सहयोगलाई बिस्तार गर्ने सम्बन्धमा छलफल हुने छ । साथै भारतका विदेश सचिवले भ्रमणको क्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री आरजु राणा लगायत शीर्ष नेतासँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम रहेको बताइएको छ ।
भारतका विदेश सचिवको यो भ्रमण नियमित हो । उनी हालै विदेश सचिवमा नियुक्त भएका हुन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप