स्वर्ण पदक विजेता समिक्षा र एरिकालाई नीलकण्ठ नगरपालिकाद्धारा सम्मान

  • २०८१ श्रावण २७, आईतबार (१ महिना अघि)
  • ४३६ पटक पढिएको
स्वर्ण पदक विजेता समिक्षा र एरिकालाई नीलकण्ठ नगरपालिकाद्धारा सम्मान

काठमाडौं- नेपालका लागि स्वर्ण पदक दिलाएका धादिङको नीलकण्ठ नगरपालिका–५ की समिक्षा ढुंगाना र नीलकण्ठ– १३ की एरिका गुरुङलाई सम्मान गरिएको छ । आइतबार एक कार्यक्रमकाविच नीलकण्ठ नगरपालिकाले उनीहरुलाई नगद ५० हजार रुपियाँ सहित सम्मान पत्रले सम्मान गरेको हो ।

Advertisement

गत २० जुलाईमा भुटानमा सम्पन्न ८औं दक्षिण एसियाली (साफ) कराँते प्रतियोगितामा समिक्षाले नेपाललाई स्वर्ण पदक दिलाएकी थिइन् । नेपालको प्रतिनिधित्व गरेकी समिक्षाले ५३ केजी तौल समुहमा प्रतिस्पर्धा गरेकी हुन् । त्यस्तै, २८ मार्चदेखि अप्रिल १ सम्म अमेरिकाको टेक्सासमा भएको युएस ओपन च्याम्पियनसीप कराते प्रतियोगितामा एरिकाले स्वर्ण पदक दिलाएकी हुन् । उनले ६८ केजी तौल समुहमा प्रतिस्पर्धा गरेकी थिइन् ।

सम्मान ग्रहण गर्दै समिक्षा ढुंगानाले नीलकण्ठ नगरपालिकाको सम्मानले खेल क्षेत्रमा अघि बढ्न थप हौसला मिलेको बताइन् । ‘परिवार, साथी संगी र गुरुहरु लगायत सबैको साथ सहयोगले मिलेको यो सफलताको खुषी बाड्न पाउँदा हर्षित छु । सम्मान र सफलतासँगै जिम्मेवारी पनि थपिएको छ । खेल क्षेत्रमा अझै नेपाललाई थप सफलता दिलाउने मेरो सपना छ’ उनले भनिन् ।

देशको शिर उचो बनाएका दुवै खेलाडीलाई थप प्रोत्साहनका लागि सम्मान गरिएको नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भिमप्रसाद ढुंगानाले बताए । ‘उनीहरुको व्यक्तिगत प्रयासले देश विदेशमा नेपालको नाम उच्च बनाएका छन् । उनीहरुको हौसला बढाउन र प्रोत्साहन स्वरुप यो सम्मान गरिएको हो’ उनले भने ।

नीलकण्ठ नगरपालिकाका उप–प्रमुख दिपक विश्वकर्माले खेल र खेलाडीको हितमा नगरपालिकाले काम गरिरहेको बताए । ‘धादिङकी यि दुई चेलीले नेपाललाई स्वर्ण दिलाउनु सामान्य कुरा होइन’ उनले भने– ‘खेल क्षेत्रमा लगानी र प्रोत्साहन आवश्यक छ । अझै धेरै काम गर्न बाँकी छ । विकास निर्माण जस्तै खेल क्षेत्रमा नीलकण्ठ नगरपालिकालाई अब्बल बनाउँछौं ।’

 

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट