प्रधानमन्त्री ओलीलाई भेटेर मुकुल ढकालले १५ बुँदे सुझाव बुझाए

  • २०८१ श्रावण २८, सोमबार (१ महिना अघि)
  • ६४ पटक पढिएको
प्रधानमन्त्री ओलीलाई भेटेर मुकुल ढकालले १५ बुँदे सुझाव बुझाए

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री डा. मुकुल ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर १५ बुँदे सुझाव बुझाएका छन् ।

Advertisement

डा. ढकालले प्रशासन सुधार, स्थानीय सरकारका भ्रष्टाचार र बेथिति नियन्त्रण, मिटरब्याज पीडितका समस्या समाधान, खानेपानी, सिँचाइ, मल, बजारको व्यवस्थापन गरी किसानका समस्या समाधान गर्न सुझाव दिएका छन् ।

अस्पतालसम्म पुग्न सडक कालोपत्रे, शिक्षामा क्यालेन्डर, उद्यमशीलता प्रवर्द्धन एवं उत्पादनमा वृद्धि, सार्वजनिक खरिद ऐनमा सुधार, प्राकृतिक सम्पदाको प्रयोग लगायतका विषय सुधारमा समेटेका छन् ।

आइटी हबका रूपमा नेपाल चिनाउन, लुम्बिनीमा मायादेवी प्रसूति गृह एवं गौतम बुद्ध शिशु स्याहार अस्पताल निर्माण, वैदेशिक रोजगारीमा गएर समस्यामा परेकाहरूका लागि उद्धार, न्यायालयमा सुधार, कानुन निर्माणमा चुस्तता, संविधान संशोधनका लागि सुझाव प्रस्तुत गरेका छन् ।

डा. ढकालले सुझाव पत्र प्रस्तुत गर्दै प्रदेश खारेज गर्नुपर्ने बताएका छन् । त्यस्तै जिल्ला समन्वय समिति, उपराष्ट्रपतिजस्ता मानार्थ पद पनि खारेज गर्न सुझाव दिएका छन् ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट