जङ्गली च्याउ खाँदा एकै परिवारका ८ जना बिरामी

  • २०८१ श्रावण २८, सोमबार (१ महिना अघि)
  • ५९ पटक पढिएको
जङ्गली च्याउ खाँदा एकै परिवारका ८ जना बिरामी

काठमाडौं– जङ्गली च्याउ खाँदा गुल्मीको रेसुङ्गा नगरपालिका– ८ खानीगाँउका एकै घरपरिवारका ८ जना बिरामी परेका छन् ।

Advertisement

रेसुङ्गा सामुदायिक वनबाट टिपेर ल्याएको डल्ले च्याउ जस्तो देखिने जङ्गली च्याउ खाँदा गएराति आठै जना बिरामी परेका जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

बिरामी पर्नेहरूमा ६५ वर्षका टोमबहादुर थापा, उहाँकी श्रीमती ६२ वर्षकी दिलकुमारी, छोराहरू ३८ वर्षका लक्ष्मण र २९ वर्षका विकास, छोरी ४२ वर्षकी सिर्जना काउछा, नातिनीहरू १० वर्षकी दिपदिका र १२ वर्षकी बिनिसा थापा तथा पाहुना बस्न आएकी ३९ वर्षकी गीता थापा रहेका छन् ।

बिरामीलाई गुल्मी अस्पताल तम्घासमा सामान्य उपचारपछि थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा पठाइएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट