मोटरसाइकल र स्कुटर ठोक्किँदा एकजनाको मृत्यु, दुईजना घाइते

  • २०८१ श्रावण २८, सोमबार (१ महिना अघि)
  • ६६ पटक पढिएको
मोटरसाइकल र स्कुटर ठोक्किँदा एकजनाको मृत्यु, दुईजना घाइते

काठमाडौं– पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बुटवलको बेलबासमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य २ जना घाइते भएका छन् ।

Advertisement

सोमबार लु १९ प ८८७५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको लु ८५ प ३१३३ नम्बरको स्कुटर बेलबास चोकमा ठोक्किँदा बुटवल उपमहानगरपालिका– १३ का २३ वर्षीय अंकृत पाठकको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख विजयराज पण्डितले जानकारी दिए ।

दुर्घटनाबाट गम्भीर घाइते भएका स्कुटर चालक पाठकको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा निधन भएको हो । उनकी आमा ४३ वर्षीय गौमुखी पाठक गम्भीर घाइते भएकी छन् ।

घटनामा मोटरसाइकलका चालक कपिलवस्तुको वाणगंगा घर भएका १८ वर्षीय सागर थारु पनि घाइते भएका छन् । घाइते दुवै जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट