धादिङबाट हराएका तीनै जना बालिका बाग्लुङमा भेटिए

  • २०८१ श्रावण २८, सोमबार (१ महिना अघि)
  • ३८५ पटक पढिएको
धादिङबाट हराएका तीनै जना बालिका बाग्लुङमा भेटिए

काठमाडौं- धादिङबाट हराइरहेका तीनै जना बालिकाहरु बाग्लुङमा भेटिएका छन् । जिल्लाको सदरमुकाम धादिङबेशीमा रहेको नीलकण्ठ बालमन्दिर माध्यामिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत तीन जना बालिकाहरुलाई जिल्ला प्रहरी कार्यालय बाग्लुङले खोजी गर्दा उनीहरु सोमबार बाग्लुङमा भेटिएका हुन् ।

Advertisement

रोशनी विक, सुशिला तामाङ र अस्मिता गुरुङलाई धादिङ र बाग्लुङ्ग प्रहरीले खोजी गरी उद्धार गर्न सफल भएको हो । अहिले उनीहरु जिल्ला प्रहरी कार्यालय बाग्लुङमा रहेका छन् । तीनै जना बालिकाहरु नीलकण्ठ नगरपालिका–३ मा परिवारसँग बस्दै आएका थिए । घटनाको अनुसन्धान भइ रहेको जिल्ला प्रहरी कार्यालय धादिङका मकेन्द्र मिश्रले बताए । अभिभावकहरुसँग कुराकानी भइ रहेको छ । बालिकाहरुलाई धादिङ ल्याउने तयारी पनि भइ रहेको उनले बताए ।

नीलकण्ठ बालमन्दिर माध्यामिक विद्यालय धादिङमा अध्ययनरत तीन जना बालिकाहरु गत बुधबारदेखि सम्पर्कविहीन भएका थिए । विद्यालय जाने भनेर निस्केका बालिकाहरु घर नफर्केपछि अभिभावकहरुले खोजी गरेका हुन् । जिल्ला प्रहरी कार्यालय धादिङ पुगेर आफ्ना नानीहरु खोजी गरि दिन अनुरोध गरेका थिए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%

    खोजी गर्नुहोस

    ताजा अपडेट