सेयर बजार २९ सय ३१ विन्दुमा, २७ अर्ब २४ करोड रुपैयाँको ऐतिहासिक कारोबार

  • २०८१ श्रावण २८, सोमबार (१ महिना अघि)
  • ५४ पटक पढिएको
सेयर बजार २९ सय ३१ विन्दुमा, २७ अर्ब २४ करोड रुपैयाँको ऐतिहासिक कारोबार

काठमाडौं – शेयर बजारमा आज उच्च कारोबारको अर्काे रेकर्ड बनेको छ ।

Advertisement

सेयर बजार परिसूचक नेप्से आज ७० अङ्कभन्दा धेरैले बढेर २९ सय विन्दुभन्दा माथि पुग्दा २७ अर्ब रुपैयाँभन्दा धेरैको ऐतिहासिक कारोबार भएको छ । सेयर बजारमा हिजो भएको २५ अर्ब ७७ करोड रुपैयाँको कारोबारको रेकर्ड आज नै तोडिएको हो ।

आज तीन सय ३९ वटा कम्पनीका ६ करोड ४८ लाख कित्ता सेयर २७ अर्ब २४ करोड रुपैयाँमा कारोबार भएका छन् । आज हिमालयन रि–इन्सुरेन्स कम्पनीको एक अर्ब २२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

उच्च कारोबारको रेकर्ड बनेको दिन नेप्से ७० दशमलव ८१ अङ्कले बढेर दुई हजार नौ सय ३१ दशमलव ६५ विन्दुमा पुगेको छ । नेप्से साढे दुई वर्षयताकै उच्च विन्दुमा पुगेको छ ।

आज १० वटा कम्पनीका सेयर १० प्रतिशतले बढेको छ । यस्तै नौ वटा कम्पनीका सेयर नौ प्रतिशतले भन्दा धेरैले बढेको छ । समग्रमा बजार बढेको दिन कुथेली बुखारी कम्पनीको सेयर भने १० प्रतिशतले घटेको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट