दुई महिनाको अवधिमा विपद्का घटनाबाट १ सय ७३ जनाको मृत्यु

  • २०८१ श्रावण २९, मंगलबार (१ महिना अघि)
  • ६९ पटक पढिएको
दुई महिनाको अवधिमा विपद्का घटनाबाट १ सय ७३ जनाको मृत्यु

काठमाडौं– नेपालमा मनसुन भित्रिएको दुई महिनामा बाढी पहिरोलगायतका विपदमा परी एक सय ७३ जनाको ज्यान गएको छ ।

Advertisement

गएको जेठ २८ गते नेपालमा मनसुन भित्रिएको थियो । त्यसयता देशका विभिन्न ठाउँमा बाढीपहिरो लगायतका घटनामा परी हिजोसम्म एक सय ७३ जनाले ज्यान गुमाएका हुन् ।

काठमाडौं उपत्यकामा तीन जना, कोशी प्रदेशमा २६ जना, मधेस प्रदेशमा सात जना, बागमती प्रदेशमा ३१ जना, गण्डकी प्रदेशमा ५४ जना, लुम्बिनी प्रदेशमा ३३ जना, कर्णाली प्रदेशमा आठ जना र सुदूरपश्चिम प्रदेशमा ११ जना गरी एक सय ७३ जनाको ज्यान गएको केन्द्रीय प्रहरी प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

बागमती प्रदेशमा ४१ जना, कोशी र गण्डकी प्रदेशमा दुई÷दुई जना, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा एक÷एक जना गरी जम्मा ४८ जना बेपत्ता छन् । बाढीको कारण तीन सय ८४ घर डुबानमा परेका छन् । दुई महिनाको अवधिमा विपद्का घटनाबाट चार हजार तीन सय २२ घर परिवार विस्थापित भएका प्रवक्ता कार्कीले जानकारी दिए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट