सुनको मूल्यमा रेकर्ड ब्रेक: तोलाको १ लाख ५० हजार ८ सय पुग्यो

  • २०८१ श्रावण २९, मंगलबार (१ महिना अघि)
  • ४९ पटक पढिएको
सुनको मूल्यमा रेकर्ड ब्रेक: तोलाको १ लाख ५० हजार ८ सय पुग्यो

काठमाडौं– आज सुनको मूल्यले अहिलेसम्मको सबै रेकर्ड ब्रेक गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १ लाख ५० हजार ८ सय रुपैयाँ कायम भएको हो ।

Advertisement

यो मूल्य अहिलेसम्मकै उच्च भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि सुनको मूल्य १ लाख ५० हजार रुपैयाँ सम्म कायम भएको थियो ।

सोमबार तोलामा १ लाख ४८ हजार ७ सय रुपैयाँ कायम भएको सुनको मूल्य एकै दिन २१ सय रुपैयाँ बढेर रेकर्ड कायम भएको हो ।

यस्तै चाँदीको मूल्य आज तोलामा १ हजार ७४० रुपैयाँ कायम भएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट