सेयर बजारमा सामान्य गिरावट, २१ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार

  • २०८१ श्रावण २९, मंगलबार (१ महिना अघि)
  • ८९ पटक पढिएको
सेयर बजारमा सामान्य गिरावट, २१ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार

काठमाडौं– हिजो ७० अङ्कभन्दा धेरैले बढेको सेयर बजार आज सामान्य घटेको छ ।

Advertisement

सेयर बजार परिसूचक नेप्से आज आठ दशमलव १८ अङ्कले घटेर दुई हजार नौ सय २३ दशमलव ४६ विन्दुमा झरेको छ । आज दिनभर उतारचढाव भएको सेयर बजार खुलेको दुई मिनेटमै दुई हजार नौ सय ७१ विन्दुमा पुगेको थियो ।

आज बैंकिङ, फाइनान्स, लगानी, जीवन बीमा र व्यापार बाहेक सबै समूहको सेयर घटेकोमा होटल, निर्जीवन बीमा, उत्पादन समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज नेपाल फाइनान्स कम्पनीको सेयर झन्डै १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन मातृभूमि लघुवित्त, पिपुल्स पावर, दोल्ती पावर र गुडविल फाइनान्स कम्पनीका सेयरमा भने १० प्रतिशतले बढेको छ ।

आज तीन सय ३२ वटा कम्पनीका पाँच करोड २७ लाख कित्ता सेयर २१ अर्ब ५१ करोड रुपैयाँमा कारोबार भएको छ । हिजो २७ अर्ब २४ करोड रुपैयाँको ऐतिहासिक कारोबार भएको थियो ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट