आज यी ४ प्रदेशमा ठूलो पानी पर्ने सम्भावना

  • २०८१ श्रावण ३०, बुधबार (३ महिना अघि)
  • १०२ पटक पढिएको
आज यी ४ प्रदेशमा ठूलो पानी पर्ने सम्भावना

काठमाडौं– कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा आज ठूलो पानी पर्ने सम्भावना छ । अहिले कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

Advertisement

देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभरको मौसम साधारणतया बदली नै रहने अनुमान छ । सबै प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

त्यसैगरी आजराति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । गएराति मोरङ, धनकुटा, गोरखा, चितवन, लमजुङलगायत आसपासका जिल्लामा ठूलो पानी परेको थियो । त्यस्तै काठमाडौं, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, कास्कीलगायत जिल्लामा पनि हल्कादेखि मध्यम खालको पानी परेको महाशाखाले जनाएको छ ।

पानी परिरहेका ठाउँका नदी तटीय क्षेत्रमा सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट