सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत

  • २०८१ श्रावण ३०, बुधबार (१ महिना अघि)
  • ५२ पटक पढिएको
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत

काठमाडौं– कर्णाली प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत प्राप्त गरेका छन् ।

Advertisement

आज बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री शाहको पक्षमा नेपाली कांग्रेसका १८, नेकपा एमालेका ११ र नागरिक उन्मुक्ति पार्टीका ७ गरी ३६ जना सांसदले मत दिए ।

यस्तै उनको प्रस्तावको विपक्षमा ८ मत परेको छ भने एक मत तटस्थमा खसेको छ । आजको बैठकमा ४५ जना सांसद उपस्थित थिए ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा बहुमत प्राप्त गर्न २७ जना प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्छ । यस आधारमा मुख्यमन्त्री शाहले प्रदेश सभाबाट दुई तिहाइ विश्वासको मत प्राप्त गरेका छन् ।

नेपाली कांग्रेस र नेकपा एमालेको समर्थनमा शाह यही साउन २० गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट