डब्ल्युएचओद्वारा मंकीपक्सलाई विश्वव्यापी स्वास्थ्य आपतकालको घोषणा

  • २०८१ श्रावण ३१, बिहिबार (१ महिना अघि)
  • ८७ पटक पढिएको
डब्ल्युएचओद्वारा मंकीपक्सलाई विश्वव्यापी स्वास्थ्य आपतकालको घोषणा

काठमाडौं– अफ्रिकी मुलुकहरूमा मंकीपक्सको संक्रमण फैलिएपछि विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले विश्वव्यापी रूपमा स्वास्थ्य आपतकालको घोषणा गरेको छ ।

Advertisement

अफ्रिकी मुलुक कंगो र आसपासका मुलुकहरूमा मंकीपक्स फैलिएपछि डब्ल्युएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले विश्वव्यापी स्वास्थ्य आपतकालको घोषणा गरेका हुन् ।

बुधबार उनले संयुक्त राष्ट्रसंघको हेल्थ एजेन्सीको इमर्जेन्सी कमिटीसँगको बैठक बसेर उक्त घोषणा गरेको अन्तर्राष्ट्रिय समाचार संस्था एसोसिएटेड प्रेसले जनाएको छ ।

एमपक्स सरूवा रोग भएकोले यो यौन सम्पर्क, कसैले छोएमा, सास र कुराकानी गर्दा समेत सर्न सक्ने समाचारमा उल्लेख छ ।

डब्ल्युएचओले एमपक्सको संक्रमण १३ वटा अफ्रिकी मुलुकमा देखिएको बताएको छ । बुरून्डी, केन्या, रूवान्डा, युगान्डा लगायत देशमा यसका नयाँ भेरियन्टको संक्रमण देखिन थालेको हो ।

अफ्रिकामा यस वर्षमात्रै १४ हजारभन्दा बढीमा संक्रमण देखिएको र ५२४ जनाले ज्यान गुमाइसकेको एपीले जनाएको छ । यसले सबभन्दा बढी कंगोमा प्रभावित पारेको जनाइएको छ । ९६ प्रतिशत केस र मृत्यु कंगोमा भएको हो ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट