सिन्धुलीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ३ जनाको अवस्था गम्भीर

  • २०८१ श्रावण ३१, बिहिबार (१ महिना अघि)
  • ५२ पटक पढिएको
सिन्धुलीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ३ जनाको अवस्था गम्भीर

काठमाडौं– सिन्धुलीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

Advertisement

बीपी राजमार्गको सिन्धुलीमाडी खुर्कोट खण्ड अन्तर्गत कमलामाइ नगरपालिका– २ चियाबारी नजिकै बा २० च ८२८३ नम्बरको जीप दुर्घटना हुँदा गोलन्जोर गाउँपालिका– ६ का पृथ्वी भुजेल र उदय मगरको ज्यान गएको हो ।

गोलन्जोर गाउँपालिकाको–६ को हैबार नाकाझोलीबाट सदरमुकाममा तरकारी तथा खाद्यान्न ओसार पसार गर्ने गाडी दुर्घटनामा परेको हो ।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेकाले काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट