सिन्धुली जीप दुर्घटनाः ज्यान गुमाउनेको सङ्ख्या तीन पुग्यो, ११ जना घाइते

  • २०८१ श्रावण ३१, बिहिबार (१ महिना अघि)
  • ५८ पटक पढिएको
सिन्धुली जीप दुर्घटनाः ज्यान गुमाउनेको सङ्ख्या तीन पुग्यो, ११ जना घाइते

काठमाडौं– सिन्धुलीमा जीप दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या तीन पुगेको छ । ११ जना घाइते भएका छन् ।

Advertisement

बीपी राजमार्गको सिन्धुलीमाडी खुर्कोट खण्ड अन्तर्गत कमलामाइ नगरपालिका– २ चियाबारी नजिकै बा २० च ८२८३ नम्बरको जीप दुर्घटना हुँदा गोलन्जोर गाउँपालिका– ६ का पृथ्वी भुजेल, उदयबहादुर मस्राङ्गगी र पवन मस्राङ्गगीको ज्यान गएको हो ।

गोलन्जोर गाउँपालिकाको–६ को हैबार नाकाझोलीबाट सदरमुकाममा तरकारी तथा खाद्यान्न ओसार पसार गर्ने गाडी दुर्घटनामा परेको हो ।

घाइते ११ जनामध्ये चार जनाको अवस्था गम्भीर रहेकाले थप उपचारको लागि धुलिखेल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट