भक्तपुरको गठ्ठाघर दुर्घटनामा ज्यान गुमाउने स्कुटर चालक पुरुष रहेको पुष्टि

  • २०८१ श्रावण ३२, शुक्रबार (१ महिना अघि)
  • ७० पटक पढिएको
भक्तपुरको गठ्ठाघर दुर्घटनामा ज्यान गुमाउने स्कुटर चालक पुरुष रहेको पुष्टि

काठमाडौं – भक्तपुरको गठ्ठाघरमा ट्रकले ठक्कर दिँदा ज्यान गुमाउने स्कुटर चालक महिला नभएर पुरुष भएको पुष्टि भएको छ । यसअघि प्रहरीले ज्यान गुमाउने महिला भनेकोमा सनाखत गलत भएको जनाएको छ ।

Advertisement

भक्तपुर प्रहरीका अनुसार दुर्घटनामा स्कुटर चालक ओखलढुङ्गा स्थायी घर भएका उत्तम कोइरालाको ज्यान गएको हो । स्कुटरलाई ठक्कर दिने ट्रक चालकलाई प्रहरीले हिजो बेलुकी पक्राउ गरेको छ । ट्राफिक प्रहरीले असुरक्षित तवरले गाडी जाँच गर्दा दुर्घटना भएको स्थानीयबासिन्दाको आरोप छ  ।

ट्राफिक जाँचका क्रममा रोकिएको स्कुटरलाई कौशलटारतर्फबाट थिमितर्फ गुडिरहेको ट्रकले ठक्कर दिएको थियो । दुर्घटनापछि हिजो झण्डै पाँच घण्टासम्म भक्तपुर–कोटेश्वर सडकखण्ड र सानोठिमी–जडीबुटी–पेप्सीकोला सडकमा यातायात ठप्प भएको थियो ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट