प्रधानमन्त्री ओलीद्वारा बालुवाटारमा पिपुल्स लाइब्रेरी बनाउने घोषणा

  • २०८१ श्रावण ३२, शुक्रबार (१ महिना अघि)
  • १०० पटक पढिएको
प्रधानमन्त्री ओलीद्वारा बालुवाटारमा पिपुल्स लाइब्रेरी बनाउने घोषणा

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमा पिपुल्स लाइब्रेरी बनाउने घोषणा गरेका छन् । उनले श्रीमती राधिका शाक्यको प्रस्तावमा पिपुल्स लाइब्रेरी बनाउन लागेका हुन् ।

Advertisement

शुक्रबार ओलीले सामाजिक सञ्जालमा लेख्दै बालुवाटारको एउटा कोठामा लाइब्रेरी बनाउने घोषणा गरेका हुन् ।

उनले लेखकहरूलाई आफ्ना पुस्तकलाई हस्ताक्षरसहित दिन पनि आग्रह गरेका छन् । त्यसका लागि प्रधानमन्त्री पत्नी राधिकाले साताको ६ दिन एक एक घण्टा छुट्याएको पनि उल्लेख गरेका छन् ।

ओलीले लेखेका छन्, –‘पिपुल्स लाइब्रेरी बनाउने राधिकाको प्रयास ! बालुवाटारमा खाली रहेको पुस्तकालय कोठा देखाउँदै राधिकाबाट प्रस्ताव आयो ( यहाँ पिपुल्स लाइब्रेरी बनाऔं। त्यहाँ पुस्तक राख्ने ६० वटा तख्ता रहेछन् । राम्रोसँग मिलाएर राख्दा १२ सय देखि २ हजारवटा पुस्तक अट्ने रहेछ । राधिकाको भनाइ थियो– ‘यहाँ सबैले पढेर मन पराएका पुस्तकहरु राख्नु पर्छ।’ लेखकले हस्ताक्षर गरेर दिएका र पाठकले मन पराएर हस्ताक्षर गरी पठाएका पुस्तक यस पुस्तकालयमा राख्ने व्यवस्था गरिएको छ । तपाईंहरु पनि पिपुल्स लाइब्रेरीका लागि आफूले लेखेका पुस्तक वा आफूलाई मन परेका पुस्तक बालुवाटारमा आएर दिन सक्नुहुन्छ । त्यसका लागि राधिकाले हप्तामा ६ दिन एक एक घन्टाको समय छुट्याउने कुरा भएको छ।’

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट