वाणिज्य बैंकहरुले भदौमा पनि घटाए ब्याजदर

  • २०८१ श्रावण ३२, शुक्रबार (१ महिना अघि)
  • ४८ पटक पढिएको
वाणिज्य बैंकहरुले भदौमा पनि घटाए ब्याजदर

काठमाडौं– वाणिज्य बैंकहरुले भदौ महिनाका लागि पनि ब्याजदर घटाएका छन् । भोलि भदौ १ गतेदेखि लागू हुने गरी बैंकहरुले ब्याजदरको सूचना प्रकाशित गरेका छन् । भदौ महिनामा बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर औषतमा ६ दशमलव ४९ प्रतिशतविन्दु रहेको छ ।

Advertisement

यो साउन महिनाको तुलनामा शून्य दशमलव २३ प्रतिशतविन्दु कम हो । साउन महिनामा बैंकहरुको यस्तो ब्याजदर ६ दशमलव ७२ प्रतिशतबिन्दु थियो । त्यस्तै संस्थागत मुद्दति निक्षेपको अधिकतम ब्याजदर औषतमा शून्य दशमलव २४ प्रतिशतविन्दु घटेको छ ।

सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरुमध्ये सिटिजन्स र प्राइमले मात्र ब्याजदर बढाएका छन् । ग्लोबल आईएमई, कुमारी, लक्ष्मी सनराइज, माछापुच्छ्रे, नबिल र स्ट्यान्डर्डले ब्याजदर यथावत राखेका छन् भने अरु १२ बैंकले ब्याजदर घटाएका छन् ।

निक्षेपमा सबैभन्दा बढी ब्याज एनआईसी एशिया र एनएमबी बैंकले ७ दशमलव ४१ प्रतिशत दिने भएका छन् । यी बैंकले साउनको तुलनामा ब्याजदर शून्य दशमलव १२ प्रतिशत बिन्दुले घटाएका छन् । हिमालयन, नबिल, माछापुच्छ्रे र स्ट्यान्डर्ड चार्टर्ड बैंकले निक्षेपमा ७ प्रतिशत ब्याज दिने भएका छन् ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट