गठ्ठाघर दुर्घटनाको सीसीटीभी फुटेज सार्वजनिक, ट्राफिक प्रहरीले रोकेको थिएन स्कुटर

  • नेपाल पथ
  • २०८१ श्रावण ३२, शुक्रबार (१ महिना अघि)
  • ५८ पटक पढिएको
गठ्ठाघर दुर्घटनाको सीसीटीभी फुटेज सार्वजनिक, ट्राफिक प्रहरीले रोकेको थिएन स्कुटर

काठमाडौं– भक्तपुरको गठ्ठाघरमा भएको दुर्घटनाको सिसिटिभी फुटेज सार्वजनिक भएको छ । गठ्ठाघर पुल नजिकै ट्राफिक प्रहरीको चेकजाँच स्पट पार गरेपछि दुर्घटना भएको देखिएको छ ।

Advertisement

काठमाडौंबाट भक्तपुर तर्फ जाँदै गरेको बा.४९ प ८९४४ नम्बरको स्कुटरलाई ना.६ ख २१७३ नम्बरको भाडाको ट्रकले पछाडीबाट ठक्कर दिँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ओखलढुंगाको चिसंखुगढी गाउँपालिका–४ घर भएका ६५ वर्षीय उत्तम कोइराला छन् ।

फुटेजको दृश्य अनुसार ठक्कर दिएपछि चालकलाई ट्रकले लछारेको देखिन्छ । ट्राफिक प्रहरीको चेकजाँच कटेपछि दुर्घटना भएको फुटेजमा देखिएको जिल्ला प्र्रहरी परिसर भक्तपुरका डीएसपी राजन कार्कीले बताए ।

ट्रक चालकले बायाँतर्फ गुडिरहेको स्कुटर देख्न नसक्दा दुर्घटना भएको ट्राफिक प्रहरीले बताएका छन् ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट