थाइल्यान्डको प्रधानमन्त्रीमा ३७ वर्षीया सिनावत्रा नियुक्त

  • २०८१ श्रावण ३२, शुक्रबार (१ महिना अघि)
  • १२९ पटक पढिएको
थाइल्यान्डको प्रधानमन्त्रीमा ३७ वर्षीया सिनावत्रा नियुक्त

एजेन्सी– पाएटोङ्गटार्न सिनावत्रा थाइल्यान्डको सबैभन्दा कम उमेरकी प्रधानमन्त्री बनेकी छन् । थाइल्यान्डको संसद्ले ३७ वर्षीय सिनावत्रालाई प्रधानमन्त्री पदका लागि चयन गरेको बीबीसीले जनाएको छ । उनी यो पदमा पुग्ने थाइल्यान्डको दोस्रो महिला हुन् । अन्ट यिङ्गलक थाइल्यान्डको प्रधानमन्त्री बन्ने पहिलो महिला थिइन् ।

Advertisement

पूर्वप्रधानमन्त्री सेटा टवीसिनलाई संवैधानिक अदालतले बर्खास्त गरेको भोलिपल्ट चिनावट प्रधानमन्त्री बनेकी हुन् । उनी थाइल्यान्डका पूर्वनेता तथा अर्बपति थाक्सिन सिनावत्राकी छोरी हुन् ।

पाएटोङ्गटार्न सिनावत्रा र पूर्वप्रधानमन्त्री सेटा टवीसिन दुवै जना फउ थाई पार्टीका छन् । उनी सन् २०२१ मा फउ थाई पार्टीमा आबद्ध हुँदै २०२३ को अक्टोबरमा पार्टीको नेतामा नियुक्त भएकी थिइन् ।

सिनावत्राको नियुक्तिले थाइल्यान्डको शीर्ष नेतृत्वमा नयाँ ऊर्जा ल्याएको बीबीसीको खबरमा उल्लेख छ । सिनावत्रा परिवारका चार जना सदस्य पहिले नै थाइल्यान्डको प्रधानमन्त्री भइसकेका छन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट