सोलुखुम्बुको थामेमा भीषण बाढी, हिमताल फुटेको आशङ्का

  • २०८१ श्रावण ३२, शुक्रबार (१ महिना अघि)
  • ६३ पटक पढिएको
सोलुखुम्बुको थामेमा भीषण बाढी, हिमताल फुटेको आशङ्का

काठमाडौं– सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको थामेमा बाढी पसेको छ ।

Advertisement

स्थानीय बासिन्दाले एक्कासी बाढी पसेको खबर गरेको र बाढी आउनुमा कुनै हिमताल फुटेको हुनसक्ने आशङ्का रहेको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) का अध्यक्ष लामाकाजी शेर्पाले जानकारी दिए ।

यस्तै जिल्ला प्रहरी कार्यालय सोलुखम्बुले पनि घटनाबारेमा जानकारी आएको तर थप विवरण आउन बाँकी रहेको बताएको छ ।

यसैबीच सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाले पनि दूधकोशी नदी तटीय क्षेत्रमा सावधानी अपनाउन भनेको छ । गाउँपालिकाका प्रवक्ता भोजराज कार्कीले थामेमा क्षति भइसकेको जानकारी आएको भन्दै तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह गरेका छन् ।

दूधकोशी गाउँपालिकाअन्तर्गत दूधकोशी तटीय क्षेत्रमा ठूलो बस्ती रहेको छ ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट