४ सय ८९ किलो लागूऔषधसहित एक जना पक्राउ

  • २०८१ श्रावण ३२, शुक्रबार (१ महिना अघि)
  • ४६ पटक पढिएको
४ सय ८९ किलो लागूऔषधसहित एक जना पक्राउ

काठमाडौं – पर्सामा चार सय ८९ किलो लागूऔषधसहित एक जना पक्राउ परेका छन् ।

Advertisement

पटेर्वा सुगौली गाउँपालिका–४ अकवा गाँउको बाँसघारीमा लुकिरहेको अवस्थामा कालिकामाई गाउँपालिका–१ बस्ने ४० वर्षका फुलसरिफ मियाँ गएराति पक्राउ परेका जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

उनको साथबाट ३० किलो गाँजा तथा एक सय ९२ किलो चरेस र गाँजाको धुलो (पोलान्ड) दुई सय ६७ किलो बरामद गरेको प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता दीपक भारतीले जानकारी दिए ।

पक्राउ परेका मियाँविरुद्ध लागूऔषध कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट