दूधकोशी किनाराका बासिन्दालाई सुरक्षित ठाउँमा जान सोलुखुम्बु प्रशासनको आग्रह

  • २०८१ श्रावण ३२, शुक्रबार (१ महिना अघि)
  • ६५ पटक पढिएको
दूधकोशी किनाराका बासिन्दालाई सुरक्षित ठाउँमा जान सोलुखुम्बु प्रशासनको आग्रह

काठमाडौं– सोलुखुम्बुको खुम्बु पासाङल्हामू गाउँपालिका– ५ टासी लाप्चा क्षेत्रमा लेदोसहित आएको भीषण बाढी प्रवेश गरेपछि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले दूधकोशी किनाराका बासिन्दालाई सुरक्षित ठाउँमा जान आग्रह गरेको छ ।

Advertisement

शुक्रबार दिउँसो बाढी आएपछि प्रशासनले सार्वजनिक सूचनामार्फत सर्वसाधारणलाई सुरक्षित स्थानमा जान आग्रह गरेको हो ।

जिल्ला प्रशासन कार्यालयका अनुसार हिमताल फुटेको आशंका छ । अहिलेसम्म मानवीय क्षतिको विवरण प्राप्त नभएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी देवी पाण्डेले बाढीले दुईवटा होटल बगाएको सूचना आएको जानकारी दिइन् । उनले मानवीय क्षति भएको भन्ने सूचना भने नआएको बताइन् ।

हिमताल फुटेको अथवा हिमपहिरो गएको भन्ने अझै यकिन नभएको प्रजिअ पाण्डेले बताइन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट