आज यी प्रदेशका धेरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना

  • २०८१ भाद्र २, आईतबार (१ महिना अघि)
  • ४५ पटक पढिएको
आज यी प्रदेशका धेरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना

काठमाडौं– आज दिउँसो गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Advertisement

मनसुनी वायुको प्रभावका कारण गए रातिदेखि नै पानी परिरहेको र दिउँसो गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही ठाउँमा अति ठूलो पानी पर्नेसमेत अनुमान रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ ।

आज देशका सबैजसो ठाउँमा सामान्यदेखी पूर्ण बदली रहेर धेरै ठाउँमा सामान्य वर्षाको सम्भावना छ । महाशाखाले अबको तीन दिनसम्म गण्डकी प्रदेशसहित पश्चिमका सबैजसो ठाउँमा पानी पर्ने अनुमान गरेको छ ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट