रुसमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्पसहित ज्वालामुखी विस्फोट

  • २०८१ भाद्र २, आईतबार (१ महिना अघि)
  • १२५ पटक पढिएको
रुसमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्पसहित ज्वालामुखी विस्फोट

एजेन्सी– रुसमा सात म्याग्निच्युडको शक्तिशाली भूकम्पसँगै ज्वालामुखी विस्फोट भएको छ ।

Advertisement

कामचटका प्रान्तको पेट्रोपावलोव्स्क–कामचत्स्की शहरबाट झन्डै ९० किलोमिटर पूर्व समुद्री तटमा सात म्याग्निच्युडको भूकम्प गएको रुसी अधिकारीलाई उद्धृत गर्दै रुसी समाचार एजेन्सी तासले जनाएको छ ।

पेट्रोपावलोव्स्क–कामचत्स्की तटीय शहर हो । त्यहाँ झन्डै एक लाख ८१ हजार जनसङ्ख्या छ । रुसी आपतकालिन मन्त्रालयले त्यो सहरमा सुनामीको चेतावनी जारी गरेको छ ।

भूकम्पबाट ठूलो क्षति नभएको तर विवरण सङ्कलन गर्ने काम भइरहेको समाचारसंस्था तासले जनाएको छ । ज्वालामुखीबाट निस्किएको खरानी समुद्री सतहबाट झन्डै आठ किलोमिटर माथिसम्म फैलिएको र त्यहाँबाट लावा पनि बाहिरिएको समाचारसंस्था सीएनएनले जनाएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट