धादिङको तल्लो बेलुङ्गका १९ घर परिवार पहिरोको जोखिममा

धादिङको तल्लो बेलुङ्गका १९ घर परिवार पहिरोको जोखिममा

काठमाडौं- धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–४ तल्लो बेलुङ्गका १९ घर परिवार पहिरोको जोखिममा परेका छन् । अविरल वर्षाका कारण गाउँ भन्दा माथिको भागबाट पहिरो खस्न थालेपछि बस्ति नै जोखिममा परेको हो ।

Advertisement

पहिरोको जोखिमका कारण तल्लो बेलुङ्गका १९ घर परिवार त्रसित बनेका छन् । गाउँ माथिबाट खस्ने पहिरोले जनधनको क्षति हुने डरमा रहेको मदन श्रेष्ठले बताए । ‘गाउँ भन्दा माथिको भागबाट लेदो तथा ढुङ्गाहरु बग्ने गरेको छ । तल बस्ति भएको कारण जुनकुनै बेला पनि ठूलो क्षति पुग्न सक्छ’ उनले भने– ‘पूर्व तयारी अपनाउनु सकिएको छैन । निम्न तथा मध्यम वर्गका मानिसहरु बसोबास गर्दै आएको बेलुङ्ग गाउँका १९ घर परिवार नै उच्च जोखिममा परेको छ ।’

प्रकोपले निम्त्याउन सक्ने विपत्तिको अवस्था हेरेर तत्काल पूर्व तयारीमा लाग्ने त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष राजु उप्रेतीले बताए । ‘अहिलेसम्म पालिकामा जानकारी गराउनु भएको छैन । पालिकाबासीलाई सुरक्षा दिनु हाम्रो जिम्मेवारी पनि हो । जोखिमको अवस्था हेरेर समस्यामा समाधानमा लाग्छौंै ।’

 

लेखकको बारेमा

  • ,

    स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ४%३%

    खोजी गर्नुहोस

    ताजा अपडेट