सुनको भाउ तोलाको १ लाख ५२ हजार ६ सय रुपैयाँ पुग्यो

  • २०८१ भाद्र २, आईतबार (१ महिना अघि)
  • ६६ पटक पढिएको
सुनको भाउ तोलाको १ लाख ५२ हजार ६ सय रुपैयाँ पुग्यो

काठमाडौं– सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ ।

Advertisement

सुन आज एकैदिन तोलामा तीन हजार रुपैयाँले बढेर अहिलेसम्मकै उच्च एक लाख ५२ हजार छ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रवार सुनको भाउ तोलामा एक लाख ४९ हजार छ सय रुपैयाँ रहेको थियो ।

यसअघि साउनको २९ गते अहिलेसम्मकै उच्च भाउ एक लाख ५० हजार आठ सय रुपैयाँ पुगेको थियो । यस्तै आज चाँदीको भाउ पनि तोलामा ५० रुपैयाँले बढेको छ ।

चाँदी आज तोलाको एक हजार आठ सय १० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । शुक्रवार चाँदीको भाउ तोलाको एक हजार सात सय ६० रुपैयाँ रहेको थियो ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट