श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

  • २०८१ भाद्र २, आईतबार (१ महिना अघि)
  • ७३ पटक पढिएको
श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

काठमाडौं– महोत्तरीको महोत्तरी गाउँपालिका–१ सोनुखडा गाउँमा श्रीमतीको कुटपिट गरी हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नकुल पोखरेलका अनुसार स्थानीय ४५ वर्षीय हबिब नदाफले ३६ वर्षीया श्रीमती रोशना खातुनलाई कुटपिट गरी हत्या गरेका हुन् ।

Advertisement

श्रीमतीसँगको घरायसी झगडामा हबिबले शनिबार रोशनालाई निर्घात कुटपिट गरेका थिए । समयमै उपचार नहुँदा उनको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

घटनापछि फरार भएका उनको श्रीमानको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट