नेप्से साढे ३४ अङ्कले घट्यो, झन्डै २९ अर्ब रुपैयाँको कारोबार

  • २०८१ भाद्र २, आईतबार (१ महिना अघि)
  • ६४ पटक पढिएको
नेप्से साढे ३४ अङ्कले घट्यो, झन्डै २९ अर्ब रुपैयाँको कारोबार

काठमाडौं– आज सेयर बजार साढे ३४ अङ्कले घटेको छ । सेयर बजार परिसूचक नेप्से आज ३४ दशमलव ४७ अङ्कले घटेर दुई हजार नौ सय ६६ दशमलव ३३ विन्दुमा झरेको छ ।

Advertisement

आज बैंक, बीमा र म्युचुअल फन्डबाहेक सबै समूहको सेयर ओरालो लागेको छ । सबैभन्दा धेरै नेपाल फाइनान्सको सेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन आज राष्ट्रिय बीमा कम्पनी, लाइफ इन्सुरेन्स कर्पोरेशन, मल्टिपर्पोज फाइनान्स र सम्पदा लघुवित्तको सेयर भने १० प्रतिशतले बढेको छ ।

आज ६ करोड ५४ लाख ७५ हजार कित्ता सेयर २८ अर्ब ८३ करोड ६९ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमालयन रि–इन्सुरेन्स कम्पनीको ८२ करोड १४ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट