२० वर्षमुनिको साफ च्याम्पियनपशिपमा नेपालले श्रीलङ्कालाई हरायो

  • २०८१ भाद्र २, आईतबार (१ महिना अघि)
  • २५३ पटक पढिएको
२० वर्षमुनिको साफ च्याम्पियनपशिपमा नेपालले श्रीलङ्कालाई हरायो

काठमाडौं – २० वर्षमुनिको साफ च्याम्पियनपशिप फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ ।

Advertisement

ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको उद्घाटन खेलमा आयोजक नेपालले श्रीलङ्कालाई १–० गोल अन्तरले हरायो । नेपालका लागि खेलको २४ औं मिनेटमा निराजन धामीले गोल गरे ।

अब नेपालले समूह चरणको अन्तिम खेलमा आउँदो बिहीवार बङ्गलादेशसँग खेल्नेछ । प्रतियोगितामा भोलि समूह ’बी’ का भारत र भुटान खेल्दैछन् ।

आजदेखि सुरु भएको प्रतयोगिता यही भदौ १२ गतेसम्म चल्नेछ । प्रतियोगिताको समूह ’ए’ मा आयोजक नेपालसँगै बङ्गलादेश र श्रीलङ्का तथा समूह बी’ मा भारत, माल्दिभ्स र भुटान छन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट