सवारी दुर्घटनामा परेर हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष कार्कीको निधन

  • २०८१ भाद्र ४, मंगलबार (१ महिना अघि)
  • ५६ पटक पढिएको
सवारी दुर्घटनामा परेर हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष कार्कीको निधन

काठमाडौं– हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष चन्द्रसिंह कार्कीको सवारी दुर्घटनामा निधन भएको छ ।

Advertisement

सोमबार सुर्खेतबाट बाँकेको नेपालगञ्ज आउँदै गरेको उनी सवार कर्णाली प्रदेश ०२००१ ख १०११ नम्बरको गाडी सुर्खेतको भेरीगंगा नगरपालिका–५ मा दुर्घटना भएको थियो ।

उनको नेपालगञ्जमा उपचारको क्रममा आज बिहान करिब २ बजेतिर निधन भएको प्रहरीले जनाएको छ । उनी नेकपा माओवादी केन्द्रको तर्फबाट हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष निर्वाचित भएका थिए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट