रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

  • २०८१ भाद्र ४, मंगलबार (१ महिना अघि)
  • ४६ पटक पढिएको
रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक बोलाएको छ । बैठक बुधबार बिहान ८ बजेदेखि पार्टी कार्यालयमा सुरू हुने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

Advertisement

बैठकमा राष्ट्रिय भेलाबारे छलफल हुने उनले बताए । भदौ दोस्रो साता गर्न लागेको कर्णाली विशेष अभियानबारे पनि केन्द्रीय समितिमा छलफल हुनेछ । कर्णाली विशेष अभियानबारे पनि यसअघि बसेको केन्द्रीय समिति बैठकले नै निर्णय गरेको हो ।

कर्णाली विशेष अभियानको कार्ययोजना बनाउने जिम्मा सहमहामन्त्री विपीनकुमार आचार्यले पाएका छन् । सबै प्रदेशमा सभापति समेतको उपस्थितीमा कार्यक्रम गर्नेबारे पनि छलफलको कार्यसूची रहेको झाको भनाइ छ ।

यस्तै संगठन निर्माणसम्बन्धी कार्यविधि संशोधन, केन्द्र तथा सातै प्रदेशको बन्द कार्यशालाको प्रतिवेदन र उपलब्धिबारे छलफल गर्ने कार्यसूची छ ।
रास्वपाले केन्द्रीय समितिमा स्थानीय तह निर्वाचनबारे पनि छलफल गर्ने भएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट