अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध

  • २०८१ भाद्र ५, बुधबार (१ महिना अघि)
  • ४८ पटक पढिएको
अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध

काठमाडौं– अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध भएको छ । सुर्खेत–जुम्ला सडकखण्ड अन्तर्गत मंगलबार रातिदेखिको वर्षाले कालीकोट जिल्लाको एसमोड र हुल्ममा पहिरो आउँदा आज बिहानैदेखि राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको हो ।

Advertisement

सडक डिभिजन कार्यालय जुम्लाका सुचना अधिकारी वीरबहादुर जिटीका अनुसार अवरुद्ध सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ । बर्खायाममा कर्णाली राजमार्गअन्तर्गत कालीकोट खण्डको दहीखोला, गगनेखोला, एसमोड र हुल्ममा बारम्बार पहिरो जाने गरेको छ ।

सडक बन्द हुँदा जुम्ला, मुगुबाट सुर्खेत, नेपालगन्ज र काठमाडौ जाने सवारीसाधन बीच बाटोमा रोकिँदा सयौं यात्रुहरू अलपत्रमा परेका छन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट