त्रिविमा सुरक्षा प्रबन्ध मिलाउन गृहमन्त्रीसँग शिक्षामन्त्रीको माग

  • २०८१ भाद्र ५, बुधबार (१ महिना अघि)
  • ४८ पटक पढिएको
त्रिविमा सुरक्षा प्रबन्ध मिलाउन गृहमन्त्रीसँग शिक्षामन्त्रीको माग

काठमाडौं – शिक्षामन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयमा सुरक्षा प्रबन्ध मिलाउन गृहमन्त्रीसँग माग गरेकी छन् । केही दिनदेखि विश्वविद्यालयका पदाधिकारीहरूलाई आक्रमणको प्रयास र प्राध्यापकहरूलाई धम्की आइरहेको भन्दै शिक्षामन्त्री भट्टराईले गृहमन्त्री रमेश लेखकसँग सामाजिक सञ्जालएक्स मार्फत विश्वविद्यालयमा सुरक्षाको माग गरेकी हुन् ।

Advertisement

सामाजिक सञ्जालमा उनले लेखेकी छन्, ‘त्रिभुवन विश्वविद्यालयमा केही दिनदेखि पदाधिकारीहरूमाथि आक्रमण गर्न खोज्नु र प्राध्यापकहरूलाई फोन गर्दै धम्की दिने गरेको कारण सिङ्गो विश्वविद्यालय असुरक्षित बनेको छ । त्रिभुवन विश्वविद्यालयमा सुरक्षाका लागि व्यवस्थित प्रबन्ध गर्न म गृहमन्त्रीसँग जोडदार माग गर्दछु ।’

केही दिनयता त्रिभुवन विश्वविद्यालय समाजशास्त्र केन्द्रीय विभाग प्रमुख नियुक्ति विवादमा पदाधिकारीहरूलाई नै धम्की आएको भन्दै असुरक्षाका कारण उपकुलपति केशरजंग बराल, रेक्टर खड्ग केसी र रजिस्ट्रार केदार रिजाल लामो समयदेखि बिदामा बसेका छन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट