दाङमा कुवा सफा गर्ने क्रममा निसासिएर २ जनाको मृत्यु

  • २०८१ भाद्र ५, बुधबार (१ महिना अघि)
  • ६१ पटक पढिएको
दाङमा कुवा सफा गर्ने क्रममा निसासिएर २ जनाको मृत्यु

काठमाडौं– दाङको तुलसीपुर उपमहानगरपालिका–१३ दमारगाउँमा आज बिहान कुवा सफा गर्ने क्रममा निसासिएर २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका ३८ वर्षका यम बहादुर विक र १६ वर्षका मुकेश विक रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक दाम प्रसाद श्रेष्ठले जानकारी दिए ।
सरसफाइ गर्न कुवा भित्र पसेका दुबैजना बेहोस भएपछि अम्बापुर बेस क्याम्पबाट अक्सिजन सहित गएको नेपाली सेना र नेपाल प्रहरीको टोलीले उद्धार गरेर राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पठाएको थियो ।
बेहोस अवस्थामा अस्पतालमा लगिएका दुबैजनालाई चिकित्सकले ११ बजे मृत घोषणा गरेको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए ।

Advertisement

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट