महिलालाई बन्धक बनाएर हत्या गर्न खोजेको आरोपमा श्रीमान र ससुरा पक्राउ

  • २०८१ भाद्र ५, बुधबार (१ महिना अघि)
  • ६१ पटक पढिएको
महिलालाई बन्धक बनाएर हत्या गर्न खोजेको आरोपमा श्रीमान र ससुरा पक्राउ

काठमाडौं– २२ वर्षीया महिलालाई बन्धक बनाएर हत्या गर्न खोजेको आरोपमा श्रीमान र ससुरा पक्राउ परेका छन् ।

Advertisement

पक्राउ पर्नेमा गोरखा नगरपालिका–४ फिनामका महमद अफजल मिया र उनका बुवा महमद अहमद मिया रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले बताए ।

घरभित्र थुनेर गएको अवस्थामा भाग्न सफल भएपछि ती महिलाले आफ्ना श्रीमान र ससुराविरुद्ध जाहेरी दिएकी थिइन् ।

सोही जाहेरीको आधारमा उनीहरुलाई आइतवार पक्राउ गरिएको प्रहरी निरीक्षक शर्माले बताए । पक्राउ परेकाहरुविरुद्ध ज्यान मार्ने उद्योग कसूर शीर्षकमा मुद्दा दर्ता भई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट