नेप्से सामान्य बढ्यो, कारोबार रकम घट्यो

  • २०८१ भाद्र ५, बुधबार (१ महिना अघि)
  • ५३ पटक पढिएको
नेप्से सामान्य बढ्यो, कारोबार रकम घट्यो

काठमाडौं– सेयर बजार आज समान्य बढेको छ । दिनभरको उतारचढावबीच सेयर बजार परिसूचक नेप्से दुई दशमलव ११ अङ्कले बढेर दुई हजार नौ सय ६८ दशमलव ४४ विन्दुमा पुगेको छ । आज बजार खुलेको ४ मिनेटमै नेप्से तीन हजार दुई विन्दुमा पुगे पनि बन्द हुने बेलामा टिक्न सकेन ।

Advertisement

आज बैंकिङ, विकास बैंक, फाइनान्स, लगानी र अन्य बाहेक सबै समूहको सेयर घटेकोमा बीमा, व्यापार, होटल समूहको सेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज कर्पाेरेट विकास बैंक, सिन्धु विकास बैंक, रिलायन्स फाइनान्स, दोल्ती पावर कम्पनी र मल्टिपर्पाेज फाइनान्स कम्पनीको सेयर १० प्रतिशतले बढेको छ । बजार सामान्य बढेको दिन कर्णाली विकास बैंक समूहको सेयर भने १० प्रतिशतले घटेको छ ।

आज कारोबार रकम भने घटेको छ । गएको आइतवार झन्डै २९ अर्ब रुपैयाँ बराबरको कारोबार भएकोमा आज तीन सय ३७ वटा कम्पनीका चार करोड १४ लाख कित्ता सेयर १८ अर्ब ९० करोड रुपैयाँको सेयर किनबेच भएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट