एजेन्सी– इरानमा पाकिस्तानी तीर्थयात्री चढेको बस दुर्घटना हुँदा कम्तीमा २८ जनाको ज्यान गएको छ ।
मध्य इरानी प्रान्त याजदमा गएराति बस दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।
यस्तै दुर्घटनामा २३ जना यात्रु घाइते भएका र तीमध्ये सात जनाको अवस्था गम्भीर रहेको खबरमा उल्लेख छ । तीर्थयात्रीहरू पाकिस्तानको सिन्ध प्रान्तबाट इराकको पवित्र शहर कर्बलामा शिया क्यालेन्डरको सबैभन्दा ठूलो अनुष्ठानमा सहभागी हुन जाँदै थिए ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप