हुम्ला दुर्घटना अपडेटः उपचारका क्रममा एकको मृत्यु

  • २०८१ भाद्र ६, बिहिबार (३ हप्ता अघि)
  • ५५ पटक पढिएको
हुम्ला दुर्घटना अपडेटः उपचारका क्रममा एकको मृत्यु

काठमाडौं– हुम्ला जिप दुर्घटनामा घाइते भएका एक जनाको ज्यान गएको छ । मुगुको छायाँनाथ रारा नगरपालिका–१ का ३५ वर्षीय रमेश मल्लको उपचारका क्रममा मृत्यु भएको हो ।

Advertisement

मल्लको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक वीरेन्द्र वीर विश्वकर्माले जानकारी दिए । हुम्लाको चङ्खेली गाउँपालिका–२, गर्खाबाट देउली बजारतर्फ गइरहेको कर्णाली प्रदेश २००१ च ०९२२ नम्बरको जिप गौरीसल्लामा दुर्घटनामा परेको थियो । मल्ल उक्त जिपका मालिक हुन् । दुर्घटनामा गम्भीर घाइते भएका रमेश मल्लसहित चार जनालाई बुधवार हेलिकप्टरमार्फत प्रदेश अस्पताल ल्याइएको थियो ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट