यी चार प्रदेशमा आज ठूलो वर्षाको सम्भावना

  • २०८१ भाद्र ७, शुक्रबार (४ हप्ता अघि)
  • ४३ पटक पढिएको
यी चार प्रदेशमा आज ठूलो वर्षाको सम्भावना

काठमाडौं– आज कोशी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशैभरका केही ठाउँमा पानी परे पनि लगातार झरी नपर्ने मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए ।

Advertisement

अहिले पनि मधेश प्रदेशका थोरै ठाउँहरूमा तथा बागमती र कर्णाली प्रदेशका एक–दुई ठाउँमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । विशेष गरेर अहिले मधेश प्रदेशको बारा जिल्ला आसपास ठूलो पानी परिरहेको छ ।

गएको २४ घण्टामा बारा, सिन्धुपाल्चोक, बाँके, इलाम, झापा, ओखलढुङ्गालगायतका ठाउँमा ठूलो पानी परेको थियो ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट