आजदेखि चलचित्र ‘नमेटिने घाउ’ र ‘सतीदेवी’ प्रदर्शनमा

  • २०८१ भाद्र ७, शुक्रबार (३ हप्ता अघि)
  • ५७ पटक पढिएको
आजदेखि चलचित्र ‘नमेटिने घाउ’ र ‘सतीदेवी’ प्रदर्शनमा

काठमाडौं– आजदेखि नेपाली सिनेमा हलहरूमा दुई विशेष चलचित्र ‘नमेटिने घाउ’ र ‘सतीदेवी’ एकै समय प्रदर्शनमा आएका छन । यी दुवै चलचित्रले समाजका गम्भीर मुद्दाहरूलाई देखाउन खोजेको छ ।

Advertisement

‘नमेटिने घाउ’ ५८ दिनको निर्माण प्रक्रिया र ३ करोड रुपैयाँको बजेटमा तयार भएको यस फिल्मले एसिड आक्रमणको भयावहता र पीडितहरूले न्यायका लागि गरेको सङ्घर्षलाई मुख्य विषय बनाएको छ । चलचित्रमा विशेष आकर्षण भनेको यसमा देखिएका अतिथि भूमिकाहरू हुन ।

जसमा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, सांसद देवेन्द्र पौडेल र ज्ञानेन्द्र शाहीको उपस्थितिले फिल्मलाई थप चर्चा दिलाएको छ । ट्रेलरमा यी राजनीतिक हस्तीहरूले एसिड आक्रमणविरुद्धको अभियानमा ऐक्यबद्धता जनाएको दृश्यले दर्शकको चासो बढाएको छ ।
फिल्ममा मुस्कान खातुन, प्राप्ति पौडेल, इभा गिरी लगायत १२५ जना कलाकारको अभिनय रहेको छ ।

‘सतीदेवी’ लैङ्गिक असमानतासँग जुध्दै एक युवतीको सङ्घर्षलाई मुख्य कथावस्तु बनाएर निर्माण गरिएको यो चलचित्र लक्ष्मण सुवेदीको निर्देशनमा बनेको हो । नेपाली ग्रामीण समाजको वास्तविकतालाई पर्दामा उतार्दै, पितृसत्तात्मक सोचसँग सङ्घर्ष गर्ने मुख्य पात्र सतीदेवी अधिकारीको कथा प्रस्तुत गरिएको छ । सतीदेवीको भुमिकामा नायिका मलिका महतले अभिनय गरेकी छन् ।

चलचित्रमा रमेश बुढाथोकी, सन्दीपबाबु लोहनी, कुलदीप अधिकारी लगायतका कलाकारहरूको सशक्त अभिनय देख्न पाइन्छ ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट