मुग्लिन–नारायणगढ सडक खण्डमा ढुङ्गाले लागेर बस पल्टिदा २५ जना यात्रु घाइते

  • २०८१ भाद्र ७, शुक्रबार (२ महिना अघि)
  • ५१ पटक पढिएको
मुग्लिन–नारायणगढ सडक खण्डमा ढुङ्गाले लागेर बस पल्टिदा २५ जना यात्रु घाइते

काठमाडौं– चितवनको मुग्लिन–नारायणगढ सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ को १७ किलोमा सडक माथिबाट खसेको ढुङ्गाले लागेर एउटा बस पल्टिएको छ ।

Advertisement

रौतहटको गौरबाट पोखराका लागि छुटेको ग २ ख ४७ नम्बरको बस सडकमै पल्टिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । बसमा ३०÷३५ जना यात्रु रहेका र तीमध्ये २५ जना घाइते भएका प्रहरीको भनाइ छ ।

घाइतेमध्ये सात जनाको भरतपुर अस्पतालमा, आठ जनाको पुरानो मेडिकल कलेजमा र १० जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । ढुङ्गाले लागेको बसमा क्षति पुगेको छ । सडकमा अवरोध नरहेको र गाडी चलिरहेका प्रहरीले जनाएको छ ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट