अनेरास्ववियू (क्रान्तिकारी) नीलकण्ठ नगर कमिटीको अध्यक्षमा खाती, ५४ जना विद्यार्थी सम्मानित

  • २०८१ भाद्र ७, शुक्रबार (३ हप्ता अघि)
  • ५४५ पटक पढिएको
अनेरास्ववियू (क्रान्तिकारी) नीलकण्ठ नगर कमिटीको अध्यक्षमा खाती, ५४ जना विद्यार्थी सम्मानित

धादिङ– नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) नीलकण्ठ नगर कमिटीले कक्षा १२ मा उतीर्ण भएका विद्यार्थीलाई सम्मान गरेको छ । नगर कमिटीको दोस्रो सम्मेलनको अवसर पारेर ५४ जना विद्यार्थीहरुलाई सम्मान गरिएको हो ।

Advertisement

नीलकण्ठ नगर कमिटीको दोस्रो सम्मेलनबाट किरण खातीको अध्यक्षतामा ३६ सदस्यीय नगर कमिटी निर्वाचित भएको छ । उपाध्यक्षमा सर्मिला तामाङ, सुवास श्रेष्ठ, सचिवमा संगीत तामाङ, सह–सचिव सन्देश गौतम, अनोज धमला र कोषाध्यक्षमा प्रथा तामाङ निर्वाचित भएका हुन् ।

विद्यार्थी भनेको समृद्ध समाज निर्माणको आधार रहेको नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटी सचिवालय सदस्य एवं नीलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्माले बताए । संगठनले विद्यार्थीको माग र मुद्धालाई सधैँ स्थापित हुने गरि काम गर्न उनले आग्रह गरे । त्यस्तै, जिल्ला संयोजक मनराज भण्डारी (शैलेस)ले समाजमा विद्यमान रहेका सामाजिक सवाल र निःशुल्क तथा अनिवार्य र गुणस्तरिय शिक्षा प्रदान गर्न अखिल क्रान्तिकारी नीलकण्ठ नगर कमिटीले महत्वपुर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए ।

कार्यक्रमको सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेका पुष्प विक्रम मल्लले संगठन विस्तार तथा समाज परिवर्तनमा अखिल क्रान्तिकारी विद्यार्थी लाग्नु पर्ने बताए । विगतका दिनहरुमा गरेका कामहरुको अनुशरण गर्दै आगामी दिनमा पनि उस्तै काम र पहिचान स्थापित गर्न लाग्नु पर्ने उनको भनाई छ ।

श्रीकृष्ण रिजालले विद्यार्थी आन्दोलन र संघर्षले देशको परिवर्तन र शैक्षिक क्षेत्रमा सुधार आएको बताए । कार्यक्रमका अध्यक्ष समेत रहेका रिजालले अब देशको सुशासन र समृद्धिको क्षेत्रमा विद्यार्थीले भूमिका खेल्नुपर्नेमा जोड दिए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट