काठमाडौं– खोटाङको चङ्खु खोलामा डुबेर दुई जना बालकको ज्यान गएको छ ।
हिजो बिद्यालयबाट घर फर्कने क्रममा नुहाउनका लागि चङ्खु खोलामा पसेका ऐसेलुखर्क गाउँपालिका– १ राखाबाङ्देलका नौ वर्षीय राज राई र ११ वर्षीय अर्जुन राईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
उनीहरुसँगै रहेका साथीहरुले दुई जना डुबेको खबर गरेको र गाउँले पुग्दा उनीहरुको ज्यान गइसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डीएसपी) पुरुषोत्तम खड्काले बताए ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप