काठमाडौं– भारतीय क्रिकेटर शिखर धवनले घरेलुसहित अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । धवनले आज सामाजिक सञ्जालमार्फत सन्यासको घोषणा गरेका हुन् । उनले सामाजिक सञ्जालमा भारतका लागि लामो समय खेलेको भन्दै खुशीसाथ छाड्न लागेको उल्लेख गरेका छन् ।
धवनले अन्तिम पटक सन् २०२२ मा भारतको लागि एक दिवसीय खेल खेलेका थिए । शुभमन गिल र अरु युवा खेलाडीले राम्रो प्रदर्शन गर्न थालेपछि धवन टिममा पर्न छाडेका थिए । उनले ३४ वटा टेस्ट र एक सय ६७ वटा एक दिवसीय र ६८ वटा टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलेका छन् ।
धवनले टेस्ट डेब्युमा सबैभन्दा कम बलमा शतक बनाउँने कीर्तिमान समेत राखेका छन् । उनी एक दिवसीय क्रिकेटमा पाँच हजार भन्दा बढी रन बनाउने आठ जना ब्याटर मध्ये एक हुन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप