तनहुँ बस दुर्घटना: २५ जनाको शव भारतीय वायुसेनाको विमानमार्फत लगिदै

  • २०८१ भाद्र ८, शनिबार (३ हप्ता अघि)
  • १२८ पटक पढिएको
तनहुँ बस दुर्घटना: २५ जनाको शव भारतीय वायुसेनाको विमानमार्फत लगिदै

काठमाडौं– तनहुँको आँबुखैरेनी नजिकै शुक्रबार मस्र्याङ्दी नदीमा बस खस्दा ज्यान गुमाएका भारतीय पर्यटकको शव भारत लैजाने भएको छ ।

Advertisement

पअ– ३८१० भारतीय वायुसेवा सेनाको विमानबाट २५ जनाको शव भारत लैजाने तयारी गरिएको हो । दुई जनालाई सडकबाट लैजाने तयारी गरिएको छ ।

पोखराबाट काठमाडौं आउँदै गरेको बस शनिवार पृथ्वी राजमार्गबाट मस्र्याङ्दी नदीमा खस्दा २७ भारतीय पर्यटकको ज्यान गएको थियो भने १६ जना घाइते भएका छन् ।

चितवनस्थित भरतपुर अस्पतालमा सबै मृतकको पोष्टमार्टमपछि शव भारत लैजाने तयारी भएको हो ।

यस्तै, बस दुर्घटनापछि नेपाल आएकी भारत सरकारको युवा तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्से पनि सोहि विमानमार्फत भारत जाने तयारीमा रहेकी छन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट