रामेछापको दोरम्बा लेखर्कमा पहिरोमा परेर दुई जनाको मृत्यु, आठ जना बेपत्ता

  • २०८१ भाद्र ९, आईतबार (३ हप्ता अघि)
  • ४६ पटक पढिएको
रामेछापको दोरम्बा लेखर्कमा पहिरोमा परेर दुई जनाको मृत्यु, आठ जना बेपत्ता

काठमाडौं – रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ लेखर्कमा पहिरोमा पुरिएर दुई जनाको ज्यान गएको छ । आठ जना बेपत्ता छन् ।

Advertisement

गएराति १० बजेतिर झरेको ठूलो पहिरोले छ वटा घर बगाएको गाउँपालिकाका उपाध्यक्ष खमला थापामगरले जानकारी दिइन् । पहिरोमा परेका चण्डिका थापामगर र एउटा बालकको शव भेटिएको छ । अरू आठ जना अझै अराइरअ‍ेका छन् ।

पहिरोले पाँच वटा घर बगाएर अँधेरी खोलामा पु¥याएकाले घरहरु कहाँ पुगे भन्ने थाहा छैन । घरकै नामनिशान नभएकाले हराइरहेका मानिस खोज्न पनि समस्या भएको उपाध्यक्ष थापामगरको भनाइ छ ।

पहिरोपछिको बाढीले एउटा पक्की पुल पनि बगाएको छ । अहिले घटनास्थलमा नेपाली सेना र नेपाल प्रहरी पुगेर खोजी सुरु गरेका छन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट