मुग्लिङ–नारायणगढ सडकखण्डको घुमाउनेमा बस दुर्घटना हुँदा १७ जना घाइते

  • २०८१ भाद्र ९, आईतबार (३ हप्ता अघि)
  • ६८ पटक पढिएको
मुग्लिङ–नारायणगढ सडकखण्डको घुमाउनेमा बस दुर्घटना हुँदा १७ जना घाइते

काठमाडौं – मुग्लिङ–नारायणगढ सडकखण्डको घुमाउनेमा आज बिहान बस दुर्घटना हुँदा १७ जना यात्रु घाइते भएका छन् ।

Advertisement

महेन्द्रनगरबाट काठमाडौंका लागि छुटेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १३३२ नम्बरको बस बिहान सवा सात बजे भरतपुर महानगरपालिका–२९ घुमाउनेमा दुर्घटना भएको हो । बस आफैं अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

दुर्घटनामा १७  जना घाइते भएका र उनीहरुको भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले जानकारी दिए । उनका अनुसार उपचार भइरहेकामध्ये दुई जनाको अवस्था गम्भीर छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट