कतारबाट निलेर काठमाडौं ल्याइएको करिब ४ करोड मूल्यको कोकिनसहित एकजना पक्राउ

  • २०८१ भाद्र ९, आईतबार (३ हप्ता अघि)
  • ५७ पटक पढिएको
कतारबाट निलेर काठमाडौं ल्याइएको करिब ४ करोड मूल्यको कोकिनसहित एकजना पक्राउ

काठमाडौं– ३ करोड ८० लाख बराबरको १ किलो ८८ ग्राम कोकिनसहित एक विदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा आइभरीकोस्टक ३५ वर्षीय नागरिक वारामा कोन छन् । उनलाई लागु औषध नियन्त्रण ब्यूरोको टोलीले भदौ ३ गते ठमेलको ज्याठास्थित एक होटलबाट पक्राउ गरेको हो ।

Advertisement

इथियोपियाबाट दोहा कतार एअरवेयमार्फत् उनी काठमाडौं आएका थिए । उनले उक्त कोकिन निलेर काठमाडौं ल्याएको पाइएको ब्युरोका डीएसपी प्रेमबहादुर शाहीले बताए ।

निलेको कोकिन काठमाडौं आएपछि मलद्वारबाट निकाले बच्चाको खेलौना (डल)मा लुकाएर राखेको अवस्थामा ब्यूरोको टोलीले बरामद गरेको हो ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट