हिजबुल्लाहद्वारा मिसाइल प्रहार गरेपछि इजरायलमा ४८ घण्टे सङ्कटकाल घोषणा

  • २०८१ भाद्र ९, आईतबार (३ हप्ता अघि)
  • ५८ पटक पढिएको
हिजबुल्लाहद्वारा मिसाइल प्रहार गरेपछि इजरायलमा ४८ घण्टे सङ्कटकाल घोषणा

एजेन्सी– लेबनानको हिजबुल्लाह समूहले इजरायलमा सयौं मिसाइल प्रहार गरेको छ ।

Advertisement

आफ्ना सर्वोच्च सैन्य कमान्डर फुआद शुक्रको हत्याको बदला लिन हिजबुल्लाहले आज उत्तरी इजरायलमा रकेट र ड्रोन आक्रमण गरेको हो । इजरालयले धेरै ठूलो आक्रमणलाई विफल पारेको बताएको बीबीसीले जनाएको छ ।

हिजबुल्लाह समूहले इजरायलमा आक्रमण गर्नुअघि इजरायली सेनाले पनि दक्षिणी लेबनानमा रहेका ४० भन्दा धेरै हिजबुल्लाह प्रक्षेपण साइटहरूमा प्रहार गरेको जनाएको छ ।

अमेरिकी र इजरायली जासुसी संस्थाहरूले आज इजरायलमा आक्रमण हुने थाहा पाएपछि इजरायलले हिजबुल्लाहभन्दा अघि नै झन्डै एक सय लडाकु विमानबाट प्रहार गरेको बताएको बीबीसीले जनाएको छ ।

इजराइलले हिजबुल्लाहसँगको आजको भिडन्तका कारण ४८ घण्टाका लागि सङ्कटकाल घोषणा गरेको छ ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट